You are viewing the translated version of प्रस्ताव आह्वान गर्ने.

Rule 21
प्रस्ताव आह्वान गर्ने
(१) ऐनको दफा २६ बमोजिम प्रस्ताव आह्वान गर्दा सम्बन्धित निकायले नियम २० बमोजिमको संक्षिप्त सूचीमा समावेश भएका लगानीकर्ताबाट प्रतिस्पर्धाका आधारमा परियोजना कार्यान्वयन गर्ने सम्बन्धमा देहायका कुराहरू खुलाई कम्तीमा पैंतालीस दिनको म्याद दिई अङ्ग्रेजी र नेपाली भाषामा राष्ट्रिय स्तरका दैनिक पत्रिकामा प्रस्ताव आह्वानको सूचना प्रकाशन गर्नु पर्नेछ:-
(क) प्रस्ताव सम्बन्धी कागजात उपलब्ध हुने निकाय र सो बापत लाग्ने सेवा, शुल्क तथा दस्तुर,
(ख) प्रस्ताव पेश गर्ने तरिका तथा प्रस्ताव पेश गर्ने अन्तिम मिति, समय र स्थान,
(ग) प्रस्ताव खोल्ने मिति, समय र स्थान,
(घ) प्रस्ताव मूल्याङ्कनका आधार,
(ङ) प्रस्तावमा निर्णय हुने समय,
(च) अन्य आवश्यक कुरा ।
(२) उपनियम (१) बमोजिमको सूचना सम्बन्धित निकायको वेबसाइटमा समेत राख्नु पर्नेछ ।